मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युट्रलमा राखेको जीप आफैँ ब्याक भई खस्दा २ जनाको घटनास्थलमै मृत्यु

न्युट्रलमा राखेको जीप आफैँ ब्याक भई खस्दा २ जनाको घटनास्थलमै मृत्यु

अपि टाइम्स

कालिकोट । कालिकोटमा रोकेर राखिएको जिप आफैं ‘ब्याक’ भएर सडकबाट खस्दा दुई जनाको घटनास्थलमै मृत्य भएको छ।

जिल्लाको रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ।

दुर्घटनामा परी त्यसमा रहेका रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक सुवराज बमले जानकारी दिए। यस्तै दुर्घटनामा परी सोही ठाउँकी ३० वर्षीया रीता शाही गम्भीर घाइते भएकी छन्।

प्रहरी निरीक्षक बमका अनुसार उक्त जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै थियो। जिप न्युट्रलमा राखेर चालक बाहिर रहेको अवस्थामा दुर्घटना भएको हो।