मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राँगा र भैँसीको कुरा गरिरहने हो भने हामीले गोबर पाउँछौँः लामिछाने

राँगा र भैँसीको कुरा गरिरहने हो भने हामीले गोबर पाउँछौँः लामिछाने

अपि टाइम्स

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभामा आज पनि आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि सैद्धान्तिक छलफल भइरहेको छ । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो।

आजको छलफलमा अहिले सांसदले आआफ्नो भनाई राखिरहेका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल आज आफ्नो भनाई राखे । नागरिकताको विषयमा रास्वपा विरोधमा रहेको भास्य निर्माण गरिएको भन्दै सदनबाट उनले आफ्ना दल नागरिकता विधेयकको विरोधमा नभएको बताए ।

मधेशमा आफ्नो पुत्ला दहन गरेर गलत गरेको उनको भनाई छ । यसैबीच सदनमा आफ्ना सांसदले पनि गलत गरेको उनले स्विकार गरेका छन् । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भैँसी चढेर संसद आएको भनेपछि संसदमा हंगामा मच्चिएको थियो र सभामुख देवराज घिमिरेले उक्त भनाई संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नु परेको थियो । त्यतिखेर सभापति लामिछानेले खनालको बचाउ गर्न प्रयास गरेका थिए ।

तर विहिबार भने उनले आफ्ना सांसदले गल्ती गरेको स्विकारे । अघिपछि चर्केर बोल्ने लामिछानेले विहिबार भने शान्त रुपमा आफ्नो भनाई राखेका थिए । सत्ता, प्रतिपक्ष, आफ्नै दलका तर्फबाट संसदमा अमर्यादित गतिविधि हुँदा यसले नकारात्मक सन्देश दिएको उनको भनाई थियो । ‘भैँसी र राँगाको विषय यस्तै गरी सदनमा उठाइरहने हो भने भने हामीले गोबर मात्रै पाउँछौँ ‘, उनको भनाई थियो ।