मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्याम्पस चिफको कुर्सी र नेमप्लेट रुखमा पुगेपछि..

क्याम्पस चिफको कुर्सी र नेमप्लेट रुखमा पुगेपछि..

अपि टाइम्स

काठमाडौं । त्रिविका क्याम्पसहरुमा नियुक्ति विवादका कारण भएको लफडाको कारण भक्तपुरको एक क्याम्पस प्रमुखको कुर्चि रुखमा पुगेको छ । क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद भने जेलिंदै गएपछि यस्तो हुन पुगेको हो ।

भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले गत चैत ३० गते अनिवार्य अवकाश पाएका थिए । तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाशपश्चात् त्रिविले तत्काल नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न सकेन । त्यसपछि त्रिविले वरिष्ठताको आधारमा भन्दै सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा वैशाख ३ गते नियुक्त गरेको थियो ।

ठीक यही स्थितिमा नेविसंघका नेता कार्यकर्ताहरुले नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलको कुर्सी, नेमप्लेट लगेर नजिकैको रुखमा झुन्ड्याइदिएका छन् ।

क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखाशाखामा ताला लगाएका उनीहरुले क्याम्पस चिफको नेम प्लेट पनि रुखमै टाँसिदिएका छन् । यसपछि निमित्त क्याम्पस प्रमुख शाक्यले आफूमाथि ‘दुर्व्यवहार’ भएको बताएकी छन् । जसका कारण समस्या थप बल्झिएको छ । यता नेविसंघ इकाइले भने नियुक्ति प्रकृया नमिलेको भन्दै प्रक्रिया खारेज गर्न माग गरेको छ ।
क्याम्पसमा भइरहेको यो घटनाको विषयमा स्ववियु पनि विभाजित देखिएको छ ।

स्ववियुले अराजक शैलीमा क्याम्पस प्रमुख नियुक्त भएको, क्याम्पस प्रशासन तथा स्ववियुलाई विना जानकारी क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । तर यो विषयमा अबको भूमिका कस्तो हुने भन्ने विषयमा बैठक बस्न सकेको छैन ।

बुधबार अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा भएका घटनाको छानबिन गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।