मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँची–काठमाण्डौँ सम्पर्क भेला भोलि, यी नेताले गर्नेछन् सम्बोधन

अर्घाखाँची–काठमाण्डौँ सम्पर्क भेला भोलि, यी नेताले गर्नेछन् सम्बोधन

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी अन्तर्गत अर्घाखाँची–काठमाडौँ समन्वय समाजको सम्पर्क भेला भोलि हुँदैछ । बुद्धनगर पार्टी प्यालेसमा विहान १० बजे हुने भेलालाई रास्वपा सभापति रवि लामिछाने लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलिको कार्यक्रमको लागि सभापति लामिछानेसहित उपसभापति डोल प्रसाद (डिपी) अर्याल, प्रतिनिधि सभा सदस्य तथा अर्थविद् स्वर्णिम वाग्ले लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेकाले सम्पूर्ण पेशा र व्यवसायमा आवद्ध सबैलाई उपस्थितिको लागि समाजले अपिल गरेको छ ।

अर्घाखाचीबाट प्रतिनिधि सभा सदस्य रहेको एमाले सचिव टोप बहादुर रायमाझी नक्कली भुटानी शणरार्थी प्रकरणका कारण पार्टीबाट स्थायी निलम्बनमा परेका छन् ।

अदालतले उनलाई दोषी ठहर गरेमा उक्त स्थानमा एक बर्षभित्र उप–निर्वाचन हुन सक्ने सम्भावना छ । त्यसैले समाजले अहिले बिभिन्न प्रशिक्षण र अन्र्तक्रिया कार्यक्रम गरिरहेको नेता जनक भुसालले अपि टाइम्सलाई जानकारी दिए ।

भोलिको वृहत् कार्यक्रमपछि अर्घाखाँचीमा अबको प्रमुख शक्तिको रुपमा रास्वपालाई स्थापित गर्न बल पुग्ने भुसालको विश्वास छ ।