मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठमेलमा मेडिटेसन कार्यक्रम, प्रवेश निःशुल्क

ठमेलमा मेडिटेसन कार्यक्रम, प्रवेश निःशुल्क

अपि टाइम्स

काठमाडौं । ठमेलमा आज क्रिया योग (मेडिटेसन) कार्यक्रम आयोजना हुने भएको छ । ठमेल अमृतमार्गस्थित यात्री सुइटस् एण्ड स्पामा आज बिहान ११ः३० देखि दिउँसो ४ बजेसम्म क्रियायोग ध्यानको कार्यक्रम हुन लागेको हो । जेठ २८ गते आइतबार सोल्टी होटलमा बिहान ७ बजेदेखि ८ः३० बजेसम्म मेडिटेसन कार्यक्रम सञ्चालन हुने भएको छ ।

क्रियायोग ध्यान कार्यक्रममा श्री योगी सत्यमको मुख्य प्रशिक्षण रहनेछ । उनी भारतको प्रयागराजमा रहेको क्रियायोग आश्रम एण्ड रिसर्च इन्टिच्यूटका प्रमुख गुरु हुन् ।

मोहन लामिछाने र शान्ता गौतमसहितको समूहले नेपालमा क्रियायोग ध्यान कार्यक्रमको आयोजना गर्न लागेका हुन् । लामो समयदेखि कृयायोगको अभ्यास गरेका उनीहरू हाल नेपालमा यसको प्रवर्धन र बिस्तारमा जुटेका छन् ।

आयोजकहरू भन्छन्( मानव जीवनको मुख्य उद्देश्य सबै प्रकारका दुःखबाट मुक्ति हो तर मानिसलाई दुःखबाट मुक्त गराउन वा उसका रोग, शोक र समस्याहरूलाई निर्मूल पार्न वर्तमान प्रणाली अपूर्ण छ । त्यसैले क्रियायोग ध्यान मानिसका सम्पूर्ण शारीरिक र मानसिक पीडाहरू स्थायी रूपमा हटाउने सबैभन्दा सजिलो, छिटो र वैज्ञानिक विधि भएकाले क्रियायोग ध्यान सिक्नु एकदमै आवश्यक हुन्छ ।

मानिसले आफुलाई व्यक्तिगत र अलग(अलग अस्तित्व हौं भन्ने कल्पनामा वा भ्रममा बाँच्नु नै उसका सम्पूर्ण समस्याहरूको मूल कारण रहेको शान्ता गौतम बताउँछिन् । ुत्यसैले क्रियायोग ध्यानले व्यक्तिको व्यर्थ विचारलाई मेटाइदिने र ईश्वरीय सत्तासँग आत्माको एकाकारको अनुभूति गराउने भएकाले यो कार्यक्रम निकै प्रभावकारी र महत्त्वपूर्ण सिद्ध हुने अपेक्षा छु, उनले भनिन् ।

एकदिने ध्यान कार्यक्रममा निशुल्क सहभागी हुन पाइने आयोजकले बताएका छन् । तर सिमित सिट भएकोले कार्यक्रममा सहभागी हुनुपुर्व नै नाम दर्ता गराउन आव्हान गरिएको छ ।

क्रिया योग ध्यान शिविर कार्यक्रमलाई अब नेपालका विभिन्न स्थानमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने, दुःख र निराशामा बाँचिरहेका व्यक्तिहरूलाई खुसी र सन्तुष्ट जीवनमा फर्काउने लक्ष्य आयोजकले लिएका छन् ।  यसका लगि आयोजकद्वय मोहन लामिछाने (९८५१०७८९७३) र शान्ता गौतम (९८४१४०५९००) लाई सम्पर्क गरेर नाम दर्ता गराउन सकिनेछ ।