मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थुनामा राख्ने अवस्था नभएको भन्दै टोपबहादुरलाई छाड्न वकिलहरूको बहस

थुनामा राख्ने अवस्था नभएको भन्दै टोपबहादुरलाई छाड्न वकिलहरूको बहस

अपि टाइम्स

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा चलिरहेको नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको थुनछेक बहस सकिएको छ।

आइतबारदेखि सुरू भएपनि अहिलेसम्म उनी सहित ७ अभियुक्तको थुनछेक बहस सकिएको छ। अझै ११ जनाको बहस बाँकी छ।

शुक्रबार पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाल, अधिवक्ता परशुराम कोइराला लगायतले रायमाझीको तर्फबाट बहस गरे।

रायमाझी मुख्य योजनाकार केशव दुलाल र सानुभण्डारीसँग सुरूदेखि नै मिलेको, उनीहरूलाई नक्कली भुटानी प्रमाणपत्र बनाउन शरणार्थी नेता टेकनाथ रिजाललाई भेटाएको, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईसँग भेटाएको लगायतका आरोप छन्।

शरणार्थी बनाएर अमेरिका पठाउन आफूहरूले उनलाई पैसा दिएको भन्दै सानु भण्डारी र केशव दुलालले उनलाई पटकपटक २ करोड बढी पैसा दिएको भन्दै प्रहरीमा बयान दिएका थिए।

यो प्रकरणमा सुरूदेखि नै संलग्न भएको भन्दै उनलाई ठगी, संगठित अपराध, सरकारी कागज किर्ते, राष्ट्रहीत विरूद्धको कार्य गरेको सरकारी वकिलको अभियोग छ।

शुक्रबार उनका वकिलहरूले उनीमाथि अभियोग लगाए पनि कुनै प्रमाण नभएको भन्दै बहस गरेका छन्।

पूर्वमहान्यायाधीवक्ता बडालले यसअघि ओली सरकार अपदस्त भएपछि यो प्रकरणमा काम भएको, त्यसका लागि पत्राचार भएको उनले बताए।

ल्अभिि
केपी ओली सरकारले भुटानी शरणार्थीको सही समाधान गर्ने बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएपनि त्यसको प्रतिवेदनमा नीतिगत कुनै निर्णय नगरेको उनले बताए।

‘त्यतिखेरको पोलिटिकल टसल चलेका बेला घटना भएको देखाइएको छ,’ उनले भने। यो मुद्दाका मुख्य योजनाकार केशव दुलालले कुनै निश्चित आइडियोलोजीका मान्छेलाई मात्र पोल्ने काम गरेको उनले बहसमा आरोप लगाए।

‘मुद्दालाई ट्विस्ट गरेर राजनीतिक अभिष्ट पुरा गर्न र एमाले अध्यक्ष केपी ओलीलाई समेत फ्रेम गर्न खोजिएको छ,’ उनले भने।

टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाएर मान्छेहरूलाई अमेरिका पठाउँछु भन्दै ठगी गरेको भन्ने प्रमाणहरू प्रहरीले जुटाउन नसकेको उनले बताए।

‘घर खानतलासी, फोन अथवा अन्य केहीमा उहाँ यो प्रकरणमा संलग्न भएको प्रमाण भेटिन्न। अनि कसैको बयानका आधारमा मात्र मेरो पक्षलाई प्रतिवादी बनाउन मिल्छ,’ उनले सोधे, ‘सहअभियुक्तको बयान समर्थन गर्ने अन्य प्रमाण पनि छैनन्।’

टेकनाथ रिजालले टोपबहादुरले प्रधानमन्त्रीहरूलाई भेटाएको भन्दै दिएको बयानको पुष्टि गर्ने आधार नभएको उनको तर्क छ।

टेकनाथ रिजालले आफ्ना किताबहरूमा आफ्नो मानसिक अवस्था ठिक नभएको भन्दै लेखेको बताउँदै बडालले उनको बयानलाई प्रमाणमा लिन नहुने तर्क गरे।

प्रहरीले मुख्यप्रमाण भनेर पेश गरेको सानुभण्डारीको डायरीमा रायमाझीलाई पैसा दिएको उल्लेख नभएको, उनका छोरालाई दिएको उल्लेख हुँदैमा टोपबहादुरलाई मुद्दा लगाउन नपाइने पनि उनले जिकिर गरे।

टोपबहादुर विरूद्धको अभियोग निराधार भएको उनको तर्क थियो। पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता पन्तले पनि रायमाझीविरूद्ध प्रहरीले कुनै प्रमाण जुटाउन नसकेको उल्लेख गरे।

सहअभियुक्तले टोपबहादुरविरूद्ध दिएका पोलका आधारमा अभियोग लगाएको र ती पोलहरू न प्रमाणले पुष्टि भएको न त ती पोलहरू पत्यार लाग्दा भएको उनको जिकिर छ।

‘टेकनाथ रिजालकै बयानमा जाउँ न एकातिर टोपबहादुर सुरूदेखि यो प्रकरणमा छन् भनेको तर नक्कली भुटानी शरणार्थी बनाउने सही गराएको यिनले होइन अर्कैले हो भनेका छन्,’ उनले भने।

कतै भेटिएको कागजमा केसैले कसैकाबारे लेखेको कागजलाई नै प्रमाण मान्न नहुने बताए।

त्यसपछि उनले टोपबहादुरलाई थुनाबाहिर राखेर मुद्दा अघि बढाउन इजलाससमक्ष माग गरे।

थुनामा राख्ने अवस्थाहरू नभएको उनको तर्क छ।

थुनामै राख्नुपर्ने अवस्था देखिएमा मात्र थुनामा पठाउनुपर्ने भन्दै अदालतले आदेश गरिसकेको उदाहरण दिए।

उदाहरणमा उनले नाबालिग बलात्कारका अभियुक्त सन्दिप लामिछानेलाई पाटन उच्च अदालतले थुनामुक्त गर्दाको आदेश पेश गरे।

‘पाटन अदालतले प्रतिवादीलाई थुनामा पठाउँदा १६ आधार हुनुपर्ने भन्दै व्याख्या गरेको छ श्रीमान जसलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानसहितको इजलासले सदर गरेको छ,’ उनले भने, ‘यो मुद्दामा पनि टोपबहादुरलाई थुनामा पठाउनका लागि कुनैपनि आधार र अवस्था छैन।’

उनले आफ्नो पक्षलाई बाहिरै बसेर मुद्दा लड्ने अधिकार भएको पनि बताए।

‘अभियोग लागेको मान्छेलाई बाहिर बसेर मुद्दा लड्ने अधिकार हुन्छ,’ उनले भने, ‘गम्भीर मुद्दा चलाएको कारणले नै थुनामा राख्न जरूरी छैन।’

अधिवक्ता कोइरालाले पनि टोपबहादुरलाई थुनामा पठाउनुपर्ने गरी कसुरदार देखिने प्रमाण नभएको तर्क गरे।

‘यो प्रकरणमा मेरो पक्षले योजना बनाएको छैन, नीति पास गरेको छैन, वित्तीय कारोबार देखिन्न, कल डिटेल्स लगायतका प्रमाण देखिन्नन्,’ उनले भने, ‘सहप्रतिवादीले पोलेको भए त्यसका पनि मनासिव आधार हुनुपर्छ त्यो पनि देखिन्न। त्यैसैले मेरो पक्षलाई साधारण तारेखमा छोड्नुपर्छ।’ सेतापाटीबाट