मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाका २१ जना सांसद संसदका बाहुबली हुन्ः लामिछाने

रास्वपाका २१ जना सांसद संसदका बाहुबली हुन्ः लामिछाने

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना २१ जना सांसद संसदमा पर्याप्त रहेको बताएका छन् । पार्टी खोलेको ६ महिनामै जनताले विश्वास गरेर आफूहरुलाई पठाएको हुनाले यो संख्या सदनमा पर्याप्त रहेको उनले बताए ।

अर्घाखाँची–काठमाण्डौँ सम्पर्क भेलाको शनिबार काठमाण्डौँमा सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘जनताले हामी जति जनालाई संसदमा पठाउनु भएको छ, यो पर्याप्त छ ।’

हामी संसदमा कुनै पनि भ्रष्टाचार लगायतका गलत गतिविधि हुन दिन्नौँ । हाम्रा २१ जना सांसद संसदका बाहुबली हौँ । अहिले आफूहरुमाथि चौतर्फी घेराबन्दीमा पारिएको भन्दै त्यसलाई तोडेर अघि बढ्ने उनले बताए । हरेक क्षेत्रमा खारिएर आएका हुनाले सबै सांसदको भूमिका प्रभावशाली रहेको उनको दावी छ ।

आफूहरु मिसन २०८४ मा लागेकाले ढुक्क भएर पार्टीमा लाग्न उनको अनुरोध छ । कार्यक्रममा सांसद स्वर्णिम वाग्लेले पनि सम्बोधन गरेको कार्यक्रममा रास्वपाका केन्द्रिय सदस्य अर्जुन अधिकारी, अर्घाखाँची संयोजक हरि भुसाल, अभियान्ता डाक्टर निकोलस भुसाल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन जनक भुसालले गरेका थिए ।