मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८४ को चुुनावमा घण्टीवाहक एक जना नहार्ने ग्यारेन्टी म लिन्छुः लामिछाने

८४ को चुुनावमा घण्टीवाहक एक जना नहार्ने ग्यारेन्टी म लिन्छुः लामिछाने

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी मिसन ८४ मा रहेको बताएका छन् । अर्घाखाँची–काठमाण्डौँ सम्पर्क भेलाको शनिबार काठमाण्डौँमा सम्बोधन गर्दै सभापति लामिछानेले चाहेर पनि कसैले पनि रास्वपालाई हराउन नसक्ने बताए ।

वर्तमान राजनैतिक दलका नेताको विकृति र उनीहरुले जनतामाथि गरेको धोकाका कारण रास्वपालाई जनताले रोजेको उनको प्रष्टिकरण छ ।
आगामी चुनावमा चुनाव नहार्नको लागि एउटा कुरा सबैले बुझ्नु पर्ने उनले बताए ।

उनले भने, ‘म एउटा अनुभव सुनाउँछु । हामी सांसदमा चुनिएपछि सरकारमा सहभागि हुने निर्णय गर्यौँ । हामीले ४ वटा मन्त्रालय पायौँ । तर मलाई मन्त्री बनाउनु पर्यो भनेर एक जना सांसदले पनि भनेन् । मन्त्री छान्न अरु दलका नेताको घर र निवासमा लाइन लाग्दथ्यो । तर मलाई एउटा पनि प्रेसर परेन, उनले थपे तपाईहरु पदको लागि हानथाप नगर्नु म भन्दा पनि उहाँ भन्न सिक्नू,अरु ग्यारेन्टी म लिन्छु । तपाई दत्तचित्त भएर पार्टीमा होमिनू ।’

अब पालिका, वडा, नगर र संघमा टिकट पाउने अवस्था आउँदा सबै नेता कार्यकर्ताले म नभनेर उहाँ भन्न सके एक जना उम्मेदवारले पनि आगामी चुनाव नहार्ने उनको दावी छ ।

अर्घाखाँचीमा पनि अब यसैगरी सबै लाग्नु पर्ने उनले बताए । अब अर्घाखाँचीमा चुनाव भएमा रास्वपाले जित्ने उनले बताए ।
उनले आफूले नागरिकता विधेयकको विरोध नगरेको पनि बताए । उनले भने, ‘हामीले प्रकृया भएन भनेका हौँ । यो विधेयकले महिलामाथि अन्याय गरेको छ । यदि फेरि सदनमा ल्याइन्छ भने रास्वपाले पारित गर्न समय कुर्दैन । ७ घण्टाभित्र पारित गर्न भूमिका खेल्छौँ ।’ कार्यक्रममा अर्घाखाँचीबाट काठमाण्डौँ आई बिभिन्न पेशा र व्यवसाय गरेका ३ सय बढीको सहभागिता थियो ।