मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचुनाव भयो भने अर्घाखाँचीमा पनि घण्टी उदाउँछः स्वर्णिम वाग्ले

उपचुनाव भयो भने अर्घाखाँचीमा पनि घण्टी उदाउँछः स्वर्णिम वाग्ले

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सांसद स्वर्णिम वाग्लेले उप चुनाव भइहाले अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाउने बताएका छन् ।

अर्घाखाँची–काठमाण्डौँ सम्पर्क भेलाको शनिबार काठमाण्डौँमा बोल्दै सांसद वाग्लेले अर्घाखाँचीमा रास्वपालाई कसैले रोक्न नसक्ने दावी गरे ।

६ महिनाको अन्तरमा सभापति रवि लामिछानेले पार्टीलाई राष्ट्रिय रुपमा बलियो पार्टी बनाएको हुनाले अब पार्टी अघि बढिसकेको उनको भनाई छ ।

उनले भने, ‘२० जना सांसद लिएर अघि बढेको पार्टीले तनहुँमा मलाई उठाएर सानदार जित हासिल गर्यौँ । जनताले अपार आशा दर्शाएका छन् । यदि अर्घाखँचीमा उप चुनाव भइहाल्यो भने हामीले जित्ने ग्यारेन्टी छ । त्यहाँ हामीले ऐतिहासिक जित हासिल गर्न सक्छौँ । तपाईहरु ढुक्क भएर लाग्नु पर्यो ।’

प्रतिनिधि सभामा एक मात्र सिट रहेको अर्घाखाँचीमा गत चुनावमा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले जितेका थिए । नक्कली भुटानी शणरार्थी प्रकरणमा उनी मुछिएको हुनाले अदालतले दोषी ठहर्याएमा एक बर्षभित्र उप चुनावको सम्भावना छ ।
धेरै नबोली बोल्ने समय सभापति लामिछानेलाई छाडेका वाग्लेले अबको मुलुक विकासको विकल्पको रुपमा रास्वपा नै रहेको दावी गरे । अब ढुक्क भएर रास्वपा विस्तारको अभियानमा लाग्न उनले सुझाएका थिए ।

कार्यक्रममा रास्वपा उप सभापति डिपी अर्याल, केन्द्रिय सदस्य अर्जुन अधिकारी, अर्घाखाँची संयोजक हरि भुसाल, अभियान्ता डाक्टर निकोलस भुसाल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन जनक भुसालले गरेका थिए ।