मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला

सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला

अपि टाइम्स

काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ।

शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो।

उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो। शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए।