मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेश बने देश बन्छ, अब एकतावद्ध होऔँः देउवा

काँग्रेश बने देश बन्छ, अब एकतावद्ध होऔँः देउवा

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेश पार्टी बन्दा मुलुक बन्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे।

उनले भने ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लडदै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ,’ देउवाले भने, ‘त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ। त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन। प्रजातन्त्र स्थायी भएर जान्छ।’

साथै, उनले सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए। सभापति देउवाले पार्टीमा योग्य, जुझारू र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।