मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरानै पेशामा फर्किए मिनेन्द्र रिजाल, बिहान ८ देखि १० बजेसम्म कक्षा

पुरानै पेशामा फर्किए मिनेन्द्र रिजाल, बिहान ८ देखि १० बजेसम्म कक्षा

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका हुन्। उनले आफू १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्म अध्यापन सुरु गरिएको उनले बताएका छन्।

रिजाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए।

उनले मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा टिकटसमेत नपाएपछि उनले सम्हालिरहेको तत्कालिन रक्षा मन्त्रालयबाट राजीनामा दिएका थिए।

उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका थिए।