मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय सिरियल ‘स्वराज’मा तेरिया मगर यस्तो भूमिकामा

भारतीय सिरियल ‘स्वराज’मा तेरिया मगर यस्तो भूमिकामा

अपि टाइम्स

काठमाडौं । नेपाली डान्सर तेरिया फौजामगरले भारतीय टेलिभिजन सिरियल ‘स्वराज’मा अभिनय गरेकी छन् । उनले यसमा रानी गैदेल्लु नामक नागाल्याण्डकी एक किशोरीको भूमिकामा अभिनय गरेकी छन् । इन्स्टाग्राममा उनले यो सिरियलको टिजर सार्वजनिक गरेकी छन् ।

‘यस्तो वीर चरित्र रानी गैदेनलुको भूमिका गर्नु उल्लेखनीय क्षण रह्यो । धेरै कुरा सिक्नुपर्‍यो । यसको छायांकन गर्दा पनि लामो समय बित्यो,’ टिजर सार्वजनिक गर्दै उनले लेखेकी छन् । नेपाली फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी तेरियाले भारतीय टिभी सिरियल खेलेको कुरा सार्वजनिक गरेकी हुन् ।

टिजरमा उनलाई उल्लेख्य भूमिका दिइएको छ । जहाँ उनलाई रानी गैदेल्लुको भूमिकामा देख्न सकिन्छ । उनको लडाकु चरित्र एक्सनप्रधान देख्न सकिन्छ ।
यो सिरियल आइतबार बेलुका ९ बजे प्रसारण हुने समेत उनले जनाएकी छन् । रुपन्देही घर भएकी तेरिया डान्स इण्डिया डान्स लिल मास्टर्स र झलक दिखलाजा सिजन ९ जस्ता भारतीय टेलिभिजन रियालिटी शोका विजेता समेत हुन् ।

यो सिरियलले प्रत्येक एपिसोडमा भारतीय स्वतन्त्र सेनानीको कथा पेश गर्छ ।