मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवीकरण नभएका दुई अस्पताल काठमाडौँ महानगरको टोलीद्धारा शिल

नवीकरण नभएका दुई अस्पताल काठमाडौँ महानगरको टोलीद्धारा शिल

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए बताए ।

‘दुवै अस्पताल १५ शय्याका रहेछन् । तर, अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइएपछि महानगरले सिल गरेको हो,’ पौडेलले अनलाइनखबरसँग भने ।

अनुगमन टोली पुग्दा चाइना पिपुल्स अस्पतालमा डिस्चार्जको तयारीमा रहेका एक व्यक्ति मात्रै थिए । उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको पौडेलले बताए । सहयात्रीमा भने एक जना पनि बिरामी थिएनन् ।