मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डविरुद्ध मुद्दा हाल्नेहरु जनयुद्धमा सामेल थिएनन्, प्रतिवाद गर्छौंः देवेन्द्र पौडेल

प्रचण्डविरुद्ध मुद्दा हाल्नेहरु जनयुद्धमा सामेल थिएनन्, प्रतिवाद गर्छौंः देवेन्द्र पौडेल

अपि टाइम्स

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाएका छन्।

सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालका बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका बताएका हुन्।

उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरुले मुद्दा हालेका बताए। ‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भिर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ। शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो,’ पौडेलले भने, ‘तर दुर्भाग्य एकथरी तत्वहरुले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरुलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानून बनाएर कानूनद्वारा हल गर्नेतिर भन्दापनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडी बढिराखेका छन्।’

उनले शान्ति प्रक्रिया भाड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए।
उनले केहि तत्वले शान्ति प्रकृया भाँड्न खोजेको आरोप लगाएका छन् । उनले माओवादीका बिरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे।

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे।

उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाब दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रुपले प्रतिवाद गर्ने पनि बताए। केही तत्वहरुले उहाँलाई समेत मनोवैज्ञानिक रुपमा टर्चर गर्ने र अरु नेताहरुलाई पनि टर्चर गर्ने काम गरेको उनले बताए।