काठमाडौँ । मलेसियाको क्वालालाम्पुरमा ‘दोश्रो सिल्भर इन्टरनेश्नल म्युजिक अवार्ड २०२३’ , तथा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
प्रियसी म्युजिक प्रा.लि.को आयोजना तथा उद्धार खवरको समन्वयमा भएको कार्यक्रममा नेपालमा रहेर चलचित्र, गीत–संगित तथा पत्रकारिताको माध्यमबाट सामाजिक र मानवीय कार्यमा योगदान दिएका डेढ दर्जन व्यक्तिलाई कार्यक्रकार्यक्रम गरिर सम्मान गरिएको म्युजिक प्रालीका अध्यक्ष राजेन्द्र पुरीले अपि टाइम्सलाई बताए ।
उनका अनुसार कार्यक्रमका प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले लगायतले सम्मान प्रदान गरेका थिए । चर्चित अभिनेता पल शाह र यस कुमारलाई विशेष सम्मान प्रदान गरिएको उनले बताए ।
सम्मानसंगै भएको सांस्कृतिक कार्यक्रममा कलाकार घमेस दुलाल, नवराज घोरासैनी ,जीवन परियार, सन्ध्या सानू, आसा लामा लगायतले प्रस्तुति दिएका कार्यक्रमका ब्यवस्थापक अमन श्रेष्ठले बताए । उनका अनुसार मलेसियामा रहेका सयाँै नेपालीको सहभागिता थियो ।
राजेश बर्देवाको संचालन, मदन दास श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग शाहले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले यस्ता कार्यक्रमले कलाको क्षेत्रमा अघि बढ्न थप हौसला प्राप्त हुने बताए । अवार्डका मुख्य निर्णयक समेत रहेका शाहले आफ्नो ध्यान सदैव कलाकारको सम्मान र विकासको लागि रहेको बताए ।
कोको सम्मानित भएका थिए ?
-घमेश दुलालः सर्वोत्कृष्ट लोक दोहोरी गायक
-यसकुमारः सर्वोत्कृष्ट आधुनिक गायक
-पल शाहः सर्वोत्कृष्ट आधुनिक मोडेल पुरुष
-नवराज घोरासैनीः लोक विधातर्फ लाइभ टाइम एचिमेन्ट अवार्ड
-आशा लामाः सर्वोत्कृष्ट लोक दोहोरी गायिका
-सन्ध्या सानुःसर्वोत्कृष्ट लोक दोहोरी मोडेल महिला
-पल्मु शेर्पाः सर्वोत्कृष्ट सेलो गायिका
-निमा पाख्रीन लामाः सर्वोत्कृष्ट सेलो गायक
-लक्ष्मी कुमार महर्जनः सर्वोत्कृष्ट मोडेल नेपाली भासा
-बिस्वास बजा्रचार्यः सर्र्वोेत्कृष्ट म्युजिक भिडियो निर्देशक
-जीवन परियारः सर्वोत्कृष्ट लोक दोहोरी लय
-लक्ष्मण श्रीः सर्वोत्कृष्ट लोक आधुनिक गायक
-राजेश बर्देवाः सर्वोत्कृष्ट लोक पप गायक
-केशब भुसालः सर्वोत्कृष्ट लोक दोहोरी नव–मोडेल
-गणेशराज भन्डारीः सर्वोत्कृष्ट आधुनिक नव–मोडेल
-भोज कुमार श्रेष्ठः सर्वोत्कृष्ट टेलि चलचित्र कलाकार
-दावा लामाः सर्वोत्कृष्ट प्रोडुसर
-कुमार खड्काः सर्वोत्कृष्ट समाजसेवी
-सुदिप भट्टराईः सर्वोत्कृष्ट आधुनिक गीतकार
-दोर बहादुर कटुवालः सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
-नवीन परियारः लोक दोहोरी नव–गायक
-थानेस्वर अधिकारीः मनोरञ्जन पत्रकारिता
प्रतिक्रिया