मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई झट्का, नीजि लगानीमा तिलोत्तामामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

सरकारलाई झट्का, नीजि लगानीमा तिलोत्तामामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

अपि टाइम्स

काठमाडौँ । रुपन्देहीमा नीजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको कृकेट मैदानको शिलान्यास भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको शिलान्यास भएको हो । झन्डै दुई वर्ष अघि जग्गा खरिद प्रकृया सुरु गरिएको थियो ।

पौने ५ विघा जग्गा किनेर मैदान निर्माण प्रकृया अगाडि बढाइएको छ । जग्गा थप खरिदको प्रकृयामा रहेको छ । गएको दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने कार्य सम्पन्न गरिएको छ ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुँवरले सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय कृकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको जानकारी दिए ।

मैदान निर्माणको लागि अहिले नै रकम सुनिश्चित गरिएको पनि उनको भनाई छ ।

एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुँवर र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमसँग यस नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर रहेका छन् । यो क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ र शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ ।

रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ । यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा हुनेछन् ।