मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिमन्त्रीसंगको भेटमा अष्ट्रेलियन राजदूतले भनिन् ‘नेपाली कृषि उत्पादन लैजान्छौँ’

कृषिमन्त्रीसंगको भेटमा अष्ट्रेलियन राजदूतले भनिन् ‘नेपाली कृषि उत्पादन लैजान्छौँ’

अपि टाइम्स

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले भेटवार्ता गरेकी छिन् ।

मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत वोल्क बीच भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा दुई देशबीचको दैत्य सम्बन्ध देखि कृषि तथा पशुपन्छीको क्षेत्रका विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री भुसालले अष्ट्रेलिया सरकारले नेपाललाई वन, कृषि, पशु स्वास्थ्य, पशु विकास, वागवानी, माटो व्यवस्थापन, जलाधार संरक्षण लगायतको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे ।

साथै मन्त्री भुसालले जनशक्ति क्षमता विकासमा अष्टे«लिया सरकारले गरेको काम प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

नेपाल र अष्ट्रेलिया बीच व्यापार सम्बन्ध रहेको, कृषिजन्यवस्तुहरु आयात भइरहेको र नेपालबाट पनि कार्पेट लगायतकावस्तुहरु निर्यात भइरहेको जनाए । नेपालको विकासका लागि कृषि, वन लगायतका स्रोतमा थप सहयोगको आशा रहेको पनि मन्त्री भुसालले राजदूतसँग बताए ।

भेटमा राजदूत वोल्कले अष्ट्रेलिया गएर ज्ञान, सीप र अध्ययन गरेका धेरै जना नेपाल सरकारको कर्मचारीमा कार्यरत रहेको भन्दै खुसी व्यक्त गरिन् । अगामी दिनमा थप २१ जना व्यक्तिलाई उच्च शिक्षाको लागि छात्रवृत्ती प्रदान गर्ने तयारी भएको समेत उनले बताइन् ।

अष्ट्रिेलियन काउन्सिल एग्रीकल्चर रिसर्चबाट वातावरण परिवर्तन र यसबाट उत्पन्न हुने समस्यालाई समाधान गर्नका लागि विभिन्न क्रियाकलाप भएको उनले जनाइन् ।

कृषि र सिंचाईको क्षेत्रमा समन्वयात्मक रुपमा अनुसन्धान गरी यसबाट आउने नतिजाबाट नेपाललाई फाइदा हुने उनले बताइन् ।
दुई देश बीचको सहकार्य मात्र नभई निजी क्षेत्रसँग पनि सम्बन्ध प्रगाढ बनाउनुपर्ने र यसले कृषिवस्तुको निर्यातमा सहजिकरणमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् । हजारौं नेपालीहरु अष्ट्रेलिया रहेको र त्यहाँ नेपाली कृषिजन्य उत्पादन पु¥याउन सके राम्रो हुनेमा उनको जोड थियो ।