मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ वर्षीया नाबालिकामाथि करणी गरेकोमा ८० वर्षीय वृद्धलाई १८ वर्ष कैद

१२ वर्षीया नाबालिकामाथि करणी गरेकोमा ८० वर्षीय वृद्धलाई १८ वर्ष कैद

अपि टाइम्स

ओखलढुंगा । एक नाबालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालतले चार जनालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो । जबर्जस्ती करणीमा सिद्धिचरण नगरपालिका ३ नारायणस्थान माद्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, स्थानीय ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवाना तोकिएको छ ।

फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकिएको हो । त्यसैगरी ६ लाखको दरले जरिवाना गरिएको फैसलामा उल्लेख छ । १२ वर्षीया नाबालिकालाई फरकफरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो ।

२०७९ असार २३ गते दर्ता भएको मुद्दाको अन्तिम फैसला मंगलबार भएको हो । अभियुक्तमध्येका ८० वर्षीय दाहालले ज्येष्ठ नागरिक ऐनअनुसार सजाय छुट माग गरेका थिए । तर उनलाई पनि अन्य अभियुक्तसरह कैद सजाय तोकिएको हो ।