मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० बुँदे माग राख्दै खेलकुद महासंघ समाजवादीद्धारा राखेपको ध्यानाकर्षण

१० बुँदे माग राख्दै खेलकुद महासंघ समाजवादीद्धारा राखेपको ध्यानाकर्षण

अपि टाइम्स

काठमाण्डौँ । नेपाल खेलकुद महासंघ समाजवादीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ध्यानाकर्षण गराएको छ । खेलाडीहरु, खेल संघहरु, खेल प्रशिक्षक, खेल कर्मचारी, ओलम्पिक कमिटि, खेलप्रेमीको सुझाव र गुनासालाई मध्यनजर राखी बिभिन्न १० बुँदे माग राख्दै मंगलबार ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष केशर कुमार विष्ट र महासचिव अर्जुनभक्त राईसहितको टोली राखेपको कार्यालयमै पुगि राखेप सदस्य सचिवलाई ज्ञापनपत्र बुझाएको थियो ।

परिषद्मा कार्यरत स्थायी कर्मचारीको बढुवा गर्दा निश्चित पाठ्यक्रम तयार पारी परीक्षा लिएरै गर्नुपने, स्थायी र करार कर्मचारीको नियुक्ति प्रकृयासंगत गर्नुपर्ने लगायतका खेल क्षेत्रको सुधारका उनीहरुका माग छन् । उनीहरुले आफ्ना माग पढेरै सुनाएका थिए ।
हेरौँ के छन् १० बुँदामा