मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६८ सालपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह आज

६८ सालपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह आज

अपि टाइम्स

काठमाण्डौ । बाह्र वर्षपछि आज नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह हुँदैछ । समारोहमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।

यसअघि २०६८ सालमा विश्वविद्यालयको समारोह भएको थियो । हरेक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको थिएन । प्रधानमन्त्री तथा कुलपति प्रचण्डले अनुमति दिएपछि यसवर्ष आज दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा समारोह हुनेछ । यसपटक २०७७ सालसम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बीएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।