मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा तीव्र उतारचढाव, कारोबार ५ अर्ब नाघ्यो 

सेयर बजारमा तीव्र उतारचढाव, कारोबार ५ अर्ब नाघ्यो 

अपि टाइम्स

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से १६.४ अंक बढेर २०३७. ०६ अंकमा पुगेको छ । यस दिन बजारमा तीव्र उतारचढाव देखियो । २०२० अंकबाट खुलेको सेयर बजार दिउँसो १ : ३५ बजे २०६६ अंकसम्म पुग्यो । त्यसपछि बजारमा बिक्रीकर्ताको चाप बढ्न थाल्यो र २ : ५० बजे २०१६ अंकसम्म झरेर रातो बन्यो ।

१० मिनेटमै फेरि बढेर २०३७ अंकमा कायम भएको हो । तीव्र उतारचढाव हुँदा कुल ५ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रहृयो । बैंकिङ १५, जलविद्युत् १२, जीवन बीमा १६४, उत्पादन ३४, माइक्रोफाइनान्स ६५ र अन्य उपसमूह ३२ अंक बढे । विकास बैंक ३६, फाइनान्स १५, होटल तथा पर्यटन ४३, निर्जीवन बीमा ६७ र ब्यापार उपसमूह २० अंक घटे ।

खप्तड लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ७.५, आदर्श लघुवित्तको ७.५ र लक्ष्मी लघुवित्तको मूल्य ६.६ प्रतिशत बढ्यो । राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।