मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका कर्मचारीको ठूलो संख्या सरुवा

सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका कर्मचारीको ठूलो संख्या सरुवा

अपि टाइम्स


काठमाण्डौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका ठूलो संख्याका शाखा अधिकृतहरुलाई उपत्यका बाहिर सरुवा गरिदिएका छन्।

गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका २३ जिल्ला पठाएको हो। सरुवा भएकामा २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत छन्।

५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका पनि उपत्यका बाहिर खटाइएका छन्।

काठमाडौं बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाउने निर्णय गरेको हो।

‘सेटिङ मिलाएर अध्यागमन र एयरपोर्ट लगायतका अलि सहज ठाउँमा बसिरहेकाको भ्याली बाहिर सरुवा भएको हो,’ स्रोतले भन्यो, ‘गृहको आदेश नमान्ने कर्मचारीलाई मन्त्रीले निर्देशन दिनुभएको छ।’

सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशन दिएका छन् ।

‘कुनै शक्तिकेन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताबाट खटाएको ठाउँमा नगइ यतै बस्ने कल्पना नगर्नुहोला’ मन्त्री श्रेष्ठले निर्देशन दिए, ‘त्यो बाटो बन्द भैसक्यो, अब पाओर सेन्टर धाउन छोड्नुस, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस्।’

रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो।

मन्त्रीले सरुवा हुने कर्मचारीलाई बिदाइ गरेर जिल्ला पठाएको यो पहिलोपटक हो।