मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबारसम्म नेपालमा ‘आदिपुरुष’ को रिलिज

आइतबारसम्म नेपालमा ‘आदिपुरुष’ को रिलिज

अपि टाइम्स

काठमाडौँ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद ३ दिन भित्र सच्याउन चेतावनी दिएका छन् ।

यदि, ३ दिन भित्रमा यो संवादमा भारतमा समेत नसच्चिएको अवस्थामा कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिका भित्रका हलमा रिलिज गर्न नदिने बालेनको चेतावनी छ ।

बालेनको स्टाटस सार्वजनिक भएसँगै धेरैले भोलीबाट रिलिज हुन लागेको फिल्म नेपालमा रिलिज हुन्छ या हुदैन भनेर अन्यौलता व्यक्त गरिरहेका छन् ।

बालेनले दिएको चेतावनी अनुसार, यो संवाद सच्याउनका लागि ३ दिनको अल्टिमेटम दिइएको हो । यसैले, आइतबारसम्म काठमाडौं महानगरपालिका भित्र ‘आदिपुरुष’ रिलिज हुनेछ । यदि, आइतबारसम्म पनि भारतमा यो संवाद नहटाइएको खण्डमा सोमबारदेखि संवाद नसच्चिएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी बालेनको छ ।

मेयर शाहको सचिवालयले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, भोलीबाट नै फिल्म रोक्न लागिएको होइन । ३ दिनसम्म पनि संवाद नसच्चिए सोमबारदेखि काठमाडौं महानगरपालिका भित्रका सबै हलमा कुनै पनि हिन्दी फिल्म रिलिज हुने छैनन् ।