मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरका विद्यालयमा भोलि शिक्षक गयल भए जागिरबाट हटाउने चेतावनी

महानगरका विद्यालयमा भोलि शिक्षक गयल भए जागिरबाट हटाउने चेतावनी

अपि टाइम्स

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि काम नगर्न सबै सरोकारवालाहरूसँग आग्रह गरेका छन् । उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई पदबाट हटाइनेसमेत चेतावनी दिएका छन् ।

पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउनेसमेत चेतावनी दिएका छन् ।