मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री किराँती र मेयर बालेनको भनाभन फेक कि सत्य ?

मन्त्री किराँती र मेयर बालेनको भनाभन फेक कि सत्य ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । सुमन प्रधान फेसबुक नाम गरेका एक जना फेसबुक प्रयोगकर्ताले संस्कृति तथा नागरिक उड्ययन मन्त्री सुदन किँरातीको फोटो रहेको फेसबुक एकाण्टबाट बालेनविरुद्धको लेखिएको एक सामाग्री स्किृन सर्ट पोष्ट गरे । त्यहाँ लेखिएको थियो, ‘बालेनले मलाई नसोधी एयरपोर्टमा विकासको काम गरेछ । चित्त बुझ्दो स्पष्टिकरण नदिए बालेनलाई उडानमा प्रतिबन्ध लगाउँछु ।’

यो पोष्टमा बालेन्द्र शाहको निलो डट लागेको आइडीबाट जवाफ फर्काइएको थियो ।

‘मन्त्री ज्यू एयरपोर्ट कुन महानगरभित्र छ थाहा होला नि । सोझा जनता मारेर सत्तामा आउनु जस्तो सजिलो नसोच्नुस्’, जवाफ थियो ।

फेसबुकमा यस्तो भेटिएपछि मन्त्री सुदन किराँतीले आधिकारिक फेसबुकमार्फत् शनिबार दिउँसो आफ्नो फोटो राखिएको फेसबुक आधिकारिक नभएको बताएका छन् । आफ्नो फोटो भएको उक्त आइडी फेक रहेको भन्दै उनले लेखेका छन् ‘यता यस्तो खेती हुँदै रहेछ । भ्रममा नपर्नु होला मेरो यो । नक्कलि बनाइएछ । बालेन जी को बारेमा मलाई थाहा भएन ।
स्मरण रहोसः एन कानुन भन्दा माथी लोकतन्त्रमा कोहि हुँदैन ।’

मन्त्री किराँतीले भने बालेनको काम ऐन विपरित रहेको संकेत गरेका छन् । उनले ऐन कानुनभन्दा लोकतन्त्रमा माथि कोही हुँदैन भन्ने किराँतीको लेखाइबाट यो पुष्टि हुन्छ ।

मेय शाहले नागरिक उड्यन प्राविधिकरणको भवन अघिको तार जाली महानगरीय प्रहरी लगाएर भत्काएपछि पक्ष र विपक्षका मिश्रित प्रतिक्रिया आएका छन् । त्यहि आवेगमा मन्त्री किराँतीले यस्तो लेखे कि भन्ने अनुमान गर्न सकिन्छ ।

सामाजिक संजालको यस कामले आम जनतालाई भने भ्रममा पारेको छ । नागरिक उड्यनमाथि बालेनको एक्सनपछि मन्त्री किराँतीले आवेगमा यस्तो जवाफ फर्काए कि पछि बालेनका समर्थकबाट आलोचित भएर पोष्ट डिलिट गरे वा मन्त्री किराँतीको यस्तो स्टाटस आधिकारिक सम्झेर आक्रामक बालेन पनि फेक आइडीमा आधिकारिक आइडिबाट जवाफ फर्काए त्यो भने थाहा हुन सकेको छैन ।

‘अथवा मन्त्री मोदी र बालेनलाई विवादित बनाउन अरु कसैले यस्तो गरे’ त्यो पनि थाहा छैन ।

जे भए पनि यो भन्न सकिन्छ कि मन्त्री मोदी र मेयर बालेन सामाजिक संजालमा दोहोरी खेल्न चलाउन र क्रिया प्रतिक्रिया गर्नमा खप्पिस छन् । दुवै माथि यस्ता आरोप आउने गर्छन् कि ‘सामाजिक संजालमा हतार र आवेगमा क्रिया प्रतिक्रियामा उत्रिहाल्ने र पछि पोष्ट र कमेन्टस्हरु डिलिट गर्ने।’

यदि ती काम अरु कसैले गलत मनसायले गरेका भए ठिकै छ । तीविरुद्ध प्रहरीले खोजी गर्नुपर्दछ । यदि सत्य हो भने सार्वजनिक पद धारण गरेका मान्छेले गर्ने यी काम गलत छन् । मन्त्री र मेयरले यसरी एक हर्कालाई होच्याउने र खसाल्ने गरी गर्नु हुँदैन ।

कतिपयले भने मन्त्री र मेयरबाट यो नहोला भन्न नसकिने बताउँछन् । अर्कोतर्फ सामाजिक संजालको उचित नियमन र अनुगमन नहुँदा नेपालमा यस्ता समस्या भने आइ नै रहन्छन् । जुन पछिल्लो समय मुलुककै लागि ठुलो चुनौति बनिरहेको छ ।