मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ तले भवनमा सारिँदै रास्वपा केन्द्रीय कार्यालय, मासिक साढे ३ लाख भाडा

५ तले भवनमा सारिँदै रास्वपा केन्द्रीय कार्यालय, मासिक साढे ३ लाख भाडा

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए।

हाल रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा छ।

बालाजुमा रहेको डाक्टर भरतमणी देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।

प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताए।

उनका अनुसार अब सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना समेत गर्न लागेको छ।