मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साना कुरा अरु नेताले बोल्छन्, म ठूला कुरा मात्रै बोल्छुः लामिछाने

साना कुरा अरु नेताले बोल्छन्, म ठूला कुरा मात्रै बोल्छुः लामिछाने

अपि टाइम्स

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण आफ्नो पार्टीको लक्ष्य रहेको बताएका छन् । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले सबै भ्रष्टाचारीहरुलाई कारबाहीको दायरमा ल्याउनु पार्टीको उद्देश्य भएको बताए ।

साथै, उनले पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब साना कुरामा आफू नबोल्ने दाबी उनले दावी गरे । अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको लामिछानेले बताए । उनले साना कुराहरु पार्टीका अन्य नेताहरु बोल्ने बताए ।

उनले भने ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ । नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन् । विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई छानी छानी कानुनी दायरामा ल्याउने विचार छ ।’

नागरिकले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु लक्ष्य प्राप्तिका लागि लडिरहने उनले बताए । लामिछानेले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निस्कासित गरी उनीहरुले जितेका निर्वाचन क्षेत्रमा चुनाव गर्ने व्यवस्था गर्न चुनौती समेत दिए ।