मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ रनमा जीवनदान पाएका भुर्तेल शतक बनाउने अवसरबाट चुके, ९९ रनमा आउट

१ रनमा जीवनदान पाएका भुर्तेल शतक बनाउने अवसरबाट चुके, ९९ रनमा आउट

अपि टाइम्स

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओनपर कुशल भुर्तेलले ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुकेका छन्।

उनी ९९ रनमा ३१।५ ओभरमा मासाकाज्दाको बलमा बोल्ड भए। उनले ९५ बलमा ९९ रन जोड्ने क्रममा १३ चौका र २ छक्का प्रहार गरे। उनी आउट हुँदा नेपालले १७१ रन जोड्यो। उनलाई आसिफ शेखले ६५ रन बनाएर साथ दिए।

१७१ रनको साझोदारी नेपालका लागि समग्र र पहिलो विकेटका लागि कीर्तिमानी हो।

यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।

नेपाली टिम स् कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।

एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेलिरहेको छ।

विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ। आयोजक त्योमाथि टेस्ट टिम जिम्बावेविरुद्ध आज देखाउने खेलले प्रतियोगिताभर नेपालको खेललाई असर गर्नेछ। एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ।

प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो। दुवै खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको थियो।

ल्अभिि
यस्तै अघिल्लो साता जिम्बावे पुगेको नेपालले युएईविरुद्धको पहिलो वार्मअप खेलमा पनि पराजय भोगेको थियो। ओमानविरुद्धको वार्मअप खेलमा भने नेपालले जित निकालेको थियो। ओमानविरुद्ध ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। नेपालका लागि जिम्बावेको कन्डिसनमा ब्याटिङ गर्न सक्ने अर्को चुनौती हुनेछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा ९असार ५० अमेरिका, २२ जुनमा वेस्ट इन्डिज ९असार ७० र २४ जुनमा ९असार ९० नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच(पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन(तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।