मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशका क्रियासिल १०६२ पत्रकारको दुर्घटना विमा

लुम्बिनी प्रदेशका क्रियासिल १०६२ पत्रकारको दुर्घटना विमा

अपि टाइम्स

काठमाडौँ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको पहलमा लुम्बिनी प्रदेशका क्रियासील एक हजार ६२ जना पत्रकारको सामुहिक दुर्घटना विमा गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको, एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना विमा गरिएको महासंघका प्रदेश महासचिव बिक्रम खड्काले बताए ।
पत्रकारको दुर्घटना विमाका लागि आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पौडेल, राष्ट्रिय विमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

अध्यक्ष गिरीले पत्रकारको पेशा जोखिमपूर्ण रहेको हुँदा प्रदेश सरकारसंग यस विषयमा बारम्बार कोसिस भइरहेको बताए । उनका अनुसार सक्रिय र महासंघमा आवद्ध पत्रकारले यो सुविधा पाउने छन् । आफूहरुको कार्यकालमा स्थानीय र प्रदेश सरकारसंग समन्वय गरेर पत्रकारको हकहितमा काम गर्ने अध्यक्ष गिरीको दावी छ ।

दुर्घटना विमाबाट पत्रकारको दुर्घटनामा मृत्यु भएमा, स्थायी तथा अस्थायी अंगभंग भएमा औसधि उपचार तथा आतंकवादबाट हुने जोखिमको रक्षावरण गर्नेछ ।
पत्रकारको दुर्घटना विमा गर्न आगामी बर्षको लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए । यो सुविधापछि धेरै पत्रकार खुसी भएका छन् ।