मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुलसन र सोमपालले लिए जिम्बावेको दुई विकेट

गुलसन र सोमपालले लिए जिम्बावेको दुई विकेट

अपि टाइम्स

काठमाडौं । जिम्बावेमा आजबाट सुरु आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा घरेलु टोलीलाई दोस्रो झड्का लागेको छ ।

नेपालका गुलसन झाले जिम्बावेका विस्लि माधिवेरीलाई ३२ रनमा आउट गराएका हुन् । जिम्बावेले पहिलो विकेटका रुपमा ओपनर जोयलर्ड गुम्बिलाई गुमाएको थियो ।

नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । नेपालले जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको थियो ।

जिम्बावेले अहिले ३२ दशमलब २ ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको छ ।