मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट पासको विषयलाई लिएर नेकपा एसका अध्यक्ष र उपाध्यक्षमा फाटो

बजेट पासको विषयलाई लिएर नेकपा एसका अध्यक्ष र उपाध्यक्षमा फाटो

अपि टाइम्स

काठमाडौँ । बजेटको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) मा तनाव सिर्जना भएको छ । जसको कारण पार्टीका शीर्ष नेता नै एक अर्कालाई घोचपेच गर्न लागेका छन् ।

यथास्थितिमा बजेट पारित गर्न नहुनमो उपाध्यक्ष पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत छन् । भने पार्टीभित्रको दबाबमा परेका अध्यक्ष माधक कुमार नेपाल लगायत पारित गर्ने पक्षमा छन् ।

यसैबीच उपाध्यक्ष पाण्डेले बजेट पारित गर्न नदिने भन्दै अध्यक्ष नेपाललाई एक्लै पक्षमा उभिन चुनौती दिएका छन्।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पारे।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै उनले अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने दोहो¥याए।
‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु,’ उनले भने। उनले सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको भने।

उनले केही दिनअघि पार्टी अध्यक्ष माधव नेपालप्रति पनि असन्तुष्टि पोखेका थिए। उनले सत्ता गठबन्धनले जे भन्यो त्यही लुरूलुरू मान्दा पार्टी नचल्ने र आफ्ना दृष्टिकोण प्रष्ट राख्नुपर्ने बताउँदै आएका छन् । केहि दिन अघि पनि उनले बजेट पारित गर्न नदिइने बताएका थिए । सत्ताको लागि लुरुलुरु भएर जाँदा समस्या भएको उनको भनाई छ ।

कतिपयले यहि विषयले नेताबीच फाटो सिर्जना गरेको बताउँछन् । काँग्रेस र माओवादीको पिछलग्गु भएर अध्यक्ष नेपालले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै पार्टी सचिव भागवत विशवासी लगायतका नेताहरु एमालेमा फर्केका छन् ।