मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योगेश भट्टराईलाई गृहजिल्ला ताप्लेजुङ प्रवेशमा निषेध

योगेश भट्टराईलाई गृहजिल्ला ताप्लेजुङ प्रवेशमा निषेध

अपि टाइम्स

काठमाडौं । ताप्लेजुङका पहिचान पक्षधरहरुले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्ला प्रवेशमा निषेध गरेका छन् ।

ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई निषेध गर्ने घोषणा गरेका हुन् ।

आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ती