काठमाडौँ । सरकारले डा। सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने भएको छ । गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा। रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर९करिब १३ करोड नेपाली रुपैयाँ० मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय भएको जनाएको छ । कानुनअनुसार आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ । तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ ।
नेत्र चिकित्सक रुइतले गत फागुन प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका थिए । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।
प्रतिक्रिया