मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्क बनाउन नदिएपछि मेयर शाहले काटे एयरपोर्टको सुरक्षाका लागि राखिएको तार

पार्क बनाउन नदिएपछि मेयर शाहले काटे एयरपोर्टको सुरक्षाका लागि राखिएको तार

अपि टाइम्स

काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको तार गैरजिम्मेवारपूर्वक काटेको पाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित जग्गामा पार्क बनाउन नदिएको ‘झोँक’मा फेन्सिङ तार काटेको पाइएको हो।

काठमाडौं महानगरले प्राधिकरणलाई जेष्ठ नागरिक तथा बच्चाका लागि पार्क बनाउन जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो।

तर, प्राधिकरणले विमानस्थलको जग्गा दिन नमिल्ने बताएपछि महानगरले नगर प्रहरी खटाएर घेराबार गरिएको फेन्सिङ काटिदिएको हो।

गत जेठ ३२ गते काठमाडौं महानगर प्रहरीले सिनामंगलस्थित विमानस्थल क्षेत्रमा प्राधिकरणले लगाएको फेन्सिङ काटेका थिए।

प्राधिकरणले विमानस्थल सञ्चालन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।

कसैले विमानस्थल क्षेत्रका संरचनामा क्षति पुर्‍याएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाँदा नेपाललाई अप्ठेरो पर्न सक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन्।

‘कसैका सनकका भरमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पत्तिमा हात लगाउन पाइँदैन,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्छ। तर, विमानस्थलकै सम्पत्तिमा छेडछाड गर्दा अन्तराष्ट्रियस्तरमै हामीलाई अप्ठेरो पर्छ।’

प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई लेखेको स्पष्टीकरण पत्रमा तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरी तारबार गरेको जनाएको छ।

उक्त क्षेत्रमा नगर प्रहरी प्रमुख उपरीक्षक राजु पाण्डेसमेतले प्राधिकरणलाई कुनै जानकारी नदिई जेठ ३२ गते फेन्सिङ तार काट्न लाग्दा प्राधिकरणका कर्मचारी यस्तो नगर्न आग्रह गरेको,’ प्राधिकरणले शाहलाई सोधेको प्रश्नमा उल्लेख छ, ‘अटेरगरी जबरजस्तीपूर्वक कानुनविपरीतको कार्य गरेकाले नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने ?

प्राधिकरणले बालेन्द्रसँगै नगर प्रहरी उपरीक्षक पाण्डे, वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई असार १ गते स्पष्टीकरण सोधेको छ।

प्राधिकरणले पठाएको पत्र काठमाडौं प्रमुख शाहले बुझ्न मानेका छैनन्। प्राधिकरणले भौतिक रुपमा र ईमेलबाट पनि पत्र पठाए पनि उनले बुझ्न मानेका छैनन्।

प्राधिकरणले काठमाडौं महानगरसँग समस्या सुल्झाउन असार ३ गते छलफल गरे पनि सहमति हुन सकेन। महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी छलफलमा थिए। तर, छलफलबाट निष्कर्ष आएको छैन।