मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्टइण्डिजविरुद्ध नेपालको फितलो ब्याटिङ, चलेनन् कुनै खेलाडी

वेष्टइण्डिजविरुद्ध नेपालको फितलो ब्याटिङ, चलेनन् कुनै खेलाडी

अपि टाइम्स

काठमाडौँ । वेष्टइण्डिजले दिएको तीन सय ४० रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले ब्याटिङमा कमजोर प्रदर्शन गरेको छ ।

जिम्बावेको हरारेस्थित खेलमैदानमा जारी खेलमा नेपालले ६ विकेटको क्षतिमा १४२ रन बनाएको छ । यतिवेलासम्म नेपालले महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ ।

दुवै ओपनरहरू आसिफ सेख र कुशल भुर्तेल, मध्यक्रमका भरपर्दा ब्याटर भीम सार्की, कप्तान रोहितकुमार पौडेल र कुशल मल्ल, दीपेन्द्रसिंह एरी पेभेलियन फर्किसकेका छन् ।

अहिले आरिफ सेख र गुल्सन झाले इनिङ सम्हालिरहेका छन् । नेपाललाई जितका लागि प्रतिओभर नौभन्दा बढी रन बनाउनुपर्ने अवस्था बनिसकेको छ । लगातार अन्तरालमा विकेट गुमाएपछि रिक्वायर्ड रेट पनि लगातार बढिरहेको छ ।