मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरको नीति कार्यक्रममा ‘बाआमासंग नगर प्रमुख’

बुटवल उपमहानगरको नीति कार्यक्रममा ‘बाआमासंग नगर प्रमुख’

अपि टाइम्स

बुटवल। बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार नगरसभाको तेह्रौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको लागि विशेष कार्यक्रम आएको छ । जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी ‘बाआमासंग नगर प्रमुख’ कार्यक्रम ल्याइने नगरप्रमुख पाण्डेले बताए ।

यो कार्यक्रमले ज्येष्ठ नागरिकको सम्मान र प्रोतसाहन हुने नगरको अपेक्षा छ । यस्तै नगर प्रमुख उपप्रमुख घरदैलो स्वास्थ्य कार्यक्रम,नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ।