मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा अध्यक्ष गिरीको चतुर काम, सूचना फुक्न ‘चौकिदारहरुलाई हाते माइक’

वडा अध्यक्ष गिरीको चतुर काम, सूचना फुक्न ‘चौकिदारहरुलाई हाते माइक’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी नगरकै चतुर वडा अध्यक्षका रुपमा चिनिन्छन् । उनको चतुरता बर्षभरी वडाले गर्ने लक्षित वर्गका कार्यक्रममा देखिन्छ ।

२०७४ सालको चुनाव जितेर नयाँनयाँ काम गरी चर्चाको शिखरमा पुगेका उनै वडा अध्यक्ष गिरीले दोश्रो कार्यकालको लागि स्थानीय तहको चुनावमा पुनः बाजी मारे । त्यसपछि पनि उनका लोकप्रिय कामले निरन्तरता पाइरहेका छन् । चालु आर्थिक बर्ष सकिन लागेको अवस्थामा लक्षित वर्गका कार्यक्रम सक्न लागेका उनले विहिबार फेरि अर्को नौलो काम गरे ‘चौकीदारलाई माइक बाँडेर’ ।

यो कार्यक्रम नितान्त नौलो कार्यक्रमको रुपमा देखिएको कार्यक्रममा सहभागिले बताए । लक्षित वर्गका कार्यक्रममा उनले यसरी चौकीदारलाई समेटेको यो पहिलोपटक हो । त्यसअघि वडाका सुत्केरी महिलालाई लोकल कु्खुरा र अण्डा बोकेर घरमै गएपछि वडा अध्यक्ष गिरीले निकै चर्चा बटुलेका थिए ।

वडाभरी सार्वजनिक सूचना फैलाउने काममा सहयोग पुगोस् भन्ने उद्धेश्यले चौकीदारहरुलाई हाते माइकसहितका सामाग्री वितरण गरिएको उनले कार्यक्रममा बताए ।

गिरीले भनेका थिए, ‘वडामा कुनै पनि बैठक, भेला, कुलाही गर्दा चौकिदारहरुलाई हाक हाल्न सजिलो होस्, सबैले खबर सुचना पाउन्, सुन्न सकुन् भन्ने उदेश्यले सबै टोलका चौकिदारहरुलाइ १ चौकिदार, १ छाता, १ लाइट, १ हाते माइक बितरण गरिएको हो’ ।

माइक पाएपछि चौकीदार पनि खुसी भएका छन् । उनीहरुले वडाले यसरी समेट्छ भनेर नसोचेको अपि टाइम्सलाई सुनाए । अब गाउँमा सुचना सम्प्रेषण गर्न थप सजिलो हुने उनले बताए ।

सोही कार्यक्रममै जन ज्योति मावि मोतिपुर, जनचेतना बनगाई र नवदुर्गाआधारभुत बिद्यालय डाँडाका अति गरिब, बिपन्न १५ जना बिद्यार्थीलाई पढाईमा सहयोग र हौसला पुर्याउन १, १ वटा झोला, १,१ जोर ड्रेस, १,१ दर्जन कापी,कलम, पेन्सिल र इरेजर दिइएको थियो भने ६ जना अपाङ्गता भएकाहरुलाई आय आर्जनमा टेवा पुर्याउन सजिलो होओस् भनेर १,१ वटा बाख्रा बितरण गरिएको वडा अध्यक्ष गिरीले बताए ।

गिरीले धेरै योजना राखेर चाँडो सम्पन्न गर्ने किर्तिमानी अहिले पनि कायम भएकोभन्दै सबैलाई धन्यबाद दिएका थिए ।