काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।
तेस्रो विकेट गुमेपछि ब्याटिङमा आएका शेखले ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि शेखले सम्हालिएर खेलेका थिए । उनले ८६ बल सामना गर्दै अर्धशतक पूरा गरेका थिए । यो खेलमा नेपाल फराकिलो अन्तरले पराजित हुने निश्चित छ ।
प्रतिक्रिया