मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुमधाम विवाह चलिरहेको थियो, बेहुला मण्डपबाटै पक्राउ परे

धुमधाम विवाह चलिरहेको थियो, बेहुला मण्डपबाटै पक्राउ परे

अपि टाइम्स

झापा । धुमधाम विवाह चलिरहेकाबखत झापाको गौरादहमा बेहुली लिन आएका बेहुलालाई मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ।

जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने ती बेहुलालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले इटहरी १९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गौरादह २ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो।

जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।