मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

अपि टाइम्स

काठमाडौँ । मनसुन (वर्षा गराउने मौसमी प्रणाली) देशभर फैलिएसँगै मौसम बदली (बादल लाग्नु) र वर्षा हुने क्रम बढेको छ।

यही जुन १४ तारिख कोशी, मधेशको पूर्वी भाग, बागमतीको अधिकांश स्थान र गण्डकी प्रदेशमा प्रवेश गरेको मनसुन ९ दिनपछि शुक्रबार देशभर फैलिएको हो। त्यसो त हाल देशमा मनसुनी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण अहिले बिहान पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाका मौमसविद् समीर श्रेष्ठले भने, ‘राति सबै प्रदेशमा पानी परेको छ, तत्काल भने मधेश प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ।’

उनका अनुसार अबका ३ दिन अर्थात् सोमबारसम्म मौसम खुल्ने सम्भावना छैन। मौसम बदली र वर्षा जारी रहने देखिएको छ।

मौसम महाशाखाले सामान्यतया ३ दिनको मौसम अनुमान गर्ने गर्छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि सोमबारसम्म यस्तो मौसम खुल्ने छैन । आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।