मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरपालिकाको कार्यक्रम ‘नगरका छोरी’ सञ्चालन

बागलुङ नगरपालिकाको कार्यक्रम ‘नगरका छोरी’ सञ्चालन

अपि टाइम्स

काठमाडौँ । बागलुङ– बागलुङ नगरपालिकामा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरका छोरी’ कार्यक्रम ल्याएको छ ।

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा नगरका छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार जम्मा गरिदिने नीति लिएको छ ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरका छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याएका हुन् ।

नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम् ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

‘अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरू नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरूको बैंक खाता खोलेर पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुनेछन् ।’

नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमा लगायतको नीति अवलम्बन गरिएको छ ।

यस्तै जग्गा धनी र कृषकलाई जोडौँ जमिन बाँझो नछोडौँ भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ ।

नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्नेलगायतको नीति लिएको हो ।