मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाका वडा अध्यक्ष पोख्रेल वन कार्यालयको थुनामा, नगरसभा स्थगित

वाणगंगाका वडा अध्यक्ष पोख्रेल वन कार्यालयको थुनामा, नगरसभा स्थगित

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकाका एक वडा अध्यक्ष थुनामा परेका छन् । नगरपालिकाको वडा नम्बर १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल शुक्रबार डिभिजन वन कार्यालय कपिलवस्तुको नियन्त्रणमा परेका हुन् ।

अहिले उनलाई कार्यालयको थुनुवा कक्षमा राखिएको छ । यही विषयलार्ई लिएर नगरपालिकाले १३ औँ नगरसभा स्थगित गरेको छ । आर्थिक बर्ष २०८० । ८१ को बजेट प्रस्तुत गर्न डाकिएको नगर सभा स्थगित भएको हो ।

वडा अधयक्ष पोख्रेललाई वन कार्यालयले नियन्त्रणमा लिएपछि वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले नगर सभा स्थगितको माग गरेका थिए । वन कार्यालयले सुकुम्बासीको नाममा जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा पोख्रेललाई नियन्त्रणमा लिएको हो ।

स्थानीय शासन संचालन ऐनको धारालाई टेक्दै नगर प्रमुख तथा सभा अध्यक्ष चक्रपाणी अर्यालले सभा स्थगित गरेका हुन् ।