मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्णयक खेलमा कमजोर नेपाल, नेदरल्यान्ड्सको उत्कृष्ट प्रदर्शन

निर्णयक खेलमा कमजोर नेपाल, नेदरल्यान्ड्सको उत्कृष्ट प्रदर्शन

अपि टाइम्स

काठमाडौँ । आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्ससामु निरीह देखिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ।

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४।३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो।

खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो।

नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्।

कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के।

सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।

नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो।

किफायती बलिङ गरेका नेदरल्यान्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेदरल्यान्ड्सका लोगान भ्यान बेक एक्लैले चार विकेट लिए। विक्रमजित सिंह र बास डे लीडे ले दुई विकेट आफ्नो नाममा गरे। क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट झारे।

सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड्सले सुरुवात पनि उत्कृष्ट गरेको छ । यो समाचार तयार पार्दासमम ११ ओभरको खेल सकिँदा विनाविकेट ७३ रन बनाउन सफल भएको छ ।