मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानको पोष्टमा कुवेतले गर्यो गोलको बर्षा

पाकिस्तानको पोष्टमा कुवेतले गर्यो गोलको बर्षा

अपि टाइम्स

काठमाडौं । आमन्त्रित टोली कुवेत भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार पाकिस्तानलाई ४-० गोल अन्तरले हराउँदै कुवेत अन्तिम चारको नजिक पुगेको हो।

कुवेतको जितमा मुबारक फानिनीले दुई गोल गरे । सुल्तान इनिजी र इद राशिदीले एक एक गोल गरे ।

खेलको दशौँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता २-० को बनाए ।

पहिलो हाफको इन्जुरी समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा राशिदीले गोल गर्दै कुवेतलाई ४-० को जित दिलाए ।

जितसँगै समूह ए को कुवेतले दुई खेलमा ६ अंक जोडेको छ । कुवेत शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा कुवेतले नेपाललाई ३-१ ले हराएको थियो ।

पाकिस्तानको यो लगातार दोस्रो हार हो ।पाकिस्तान दुई खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।