मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका पूर्वमन्त्री यादवले किन भत्काए विजयनगरले बनाएको अस्पताल मार्ग ?

लुम्बिनीका पूर्वमन्त्री यादवले किन भत्काए विजयनगरले बनाएको अस्पताल मार्ग ?

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मर्मत संभार गरेको सडक पूर्व मन्त्री नेतृत्वको टोलीले भत्काएका छन् । विजयनगर गाउँपालिकाले वडा नम्बर ६ थानखजहनी सडक ग्राभेल गरी मर्मत संभार गरेको सडक लुम्बिनी प्रदेशमा पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी यादव सहितको टोली खनेर भत्काएको थियो ।

एक दशक अगाडी जिल्ला विकास समितिले निर्माण गरेको सडकलाई गाउँपालिकाले स्तर उन्नति गर्न लागेको थियो । स्थानीय गान्ही यादव, पुन्ने यादव, अर्जुन यादव र नन्कु कोरीले मर्मत हुँदै गरेको सडक शनिवार बिहान भत्काएका हुन् । बाटो बनाउन छलफल नगरी पालिकाले जबरजस्ती बाटो निर्माण गरेको आरोप लगाएका छन् । मर्मत गरेको क्षेत्र आफ्नो जग्गा भएको हुँदा सडक खनेको गान्ही यादवले बताए ।

वडा अध्यक्षले स्थानीय सँग छलफल नगरी मनोमानी ढंगले सडक निर्माण गरेकोले स्थानीयले विरोध गरेको पूर्व मन्त्री यादवले बताए । सो सडकले गाउँपालिकाको वडा नम्बर १ को थरौली जुटपानी हुँदै खडैचा जोड्ने स्थानीय कृष्ण पौडेलले बताए । पालिकाले निर्माण गरेको अस्पताल, विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक भएकोले स्थानीयको माग अनुसार ४ लाख रकमको लागतमा सडक मर्मत गरेको बडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर कलवारको भनाई छ । सडक मर्मतका लागि स्थानीय सँग सहमती समेत भएको वडा अध्यक्ष कल्वारले दाबी गरेका छन् ।