मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा पुरुष भलिबलमा नेपालको लगातार छैटौँ हार

काभा पुरुष भलिबलमा नेपालको लगातार छैटौँ हार

अपि टाइम्स

काठमाण्डौ । किर्गिस्तानमा भइरहेको सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

बिस्केकको स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज आइतवार भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२३ ले हरायो ।

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । यस्तै तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ुबीु टोलीसँग पराजित भएको थियो ।