मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानको बजेट १ अर्ब ७१ करोड बढी, मेयर र उपमेयर कोषमा विवाद

धरानको बजेट १ अर्ब ७१ करोड बढी, मेयर र उपमेयर कोषमा विवाद

अपि टाइम्स

सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि ससर्तसहित १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरिएको छ । यस्तै बजेटमा साविक गाविस क्षेत्रमा ‘खानेपानी’लाई प्राथमिकतामा राखिएको छ । साविक गाविसहरु विष्णुपादुका र पञ्चकन्याका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ

आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

ससर्त बजेटसहित उपप्रमुख अइन्द्रविक्रम वेघाले उपमहानगरपालिकाको १३ औं नगरसभामा सार्वजनिक गरेको उक्त बजेटमा सबैभन्दा बढी सामाजिक विकासमा ५४ करोड ८० लाख, पूर्वाधार विकासमा ४३ करोड ५१ लाख ५० हजार, क्रमागत आयोजनाका लागि ३२ करोड ४२ लाख ५० हजार, शिक्षासम्बन्धी ससर्त कार्यक्रमका लागि ४५ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धरान उपमहानगरको आन्तरिक आय २५ करोड रुपैयाँ प्रक्षेपण गरिए पनि २४ करोड कट्न सकेको छैन । गत आर्थिक वर्षमा १ अर्ब ६८ करोडको बजेट विनियोजन गरिएको थियो ।

धरान उपमहानवरका २० वटा वडाहरुलाई कुल २१ करोड बजेट सिलिङ गर्दा मेयर कोषमा १ करोड ५० लाख र उपमेयर कोषमा ५० लाखको विनियोजन गरिएपछि विवाद उत्पन्न भएको थियो । वडाका लागि गत वर्ष ३१ करोड ५० लाख सिलिङ राखिएको थियो भने मेयर कोषमा १ करोड र उपमेयर कोषमा ७० लाख बजेट विनियोजन गरिएको थियो । तर यो आवमा उपमेयर कोष नराखी मेयर कोषमा १ करोडमात्र राख्ने वडाध्यक्षहरुको प्रस्तावमा चर्को विवाद भएको थियो । विवादबीच मेयरकोषमा १ करोड ५० लाख र उपमेयर कोषमा ५० लाखको बजेट विनियोजन गरिएको छ ।