मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित डा.मन्सुरको एफडीएच क्लिनिक महानगरले गरायो बन्द

चर्चित डा.मन्सुरको एफडीएच क्लिनिक महानगरले गरायो बन्द

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित डाक्टर दिलजान मन्सुरको एफडीएच क्लिनिक बन्द गराएको छ ।

मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो ।

एफडीएच (फुड), डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।

ती रोगहरू निको बनाउने नाममा ‘लो कार्ब डाइट’ सञ्चालन गरिरहेको क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि सिल गरिएको महानगर नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले बताए ।