मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा उपाध्यक्ष अधिकारीसहित १२० पत्रकारको सदस्यता खारेज

कपिलवस्तुमा उपाध्यक्ष अधिकारीसहित १२० पत्रकारको सदस्यता खारेज

अपि टाइम्स

काठमाडौँ । नेपाल पत्रकार महासंघले चलाएको पत्रकार शुद्धिकरण अभियानबाट कपिलवस्तुका १० दर्जन बढी पत्रकारको सदस्यता खारेज भएको छ ।

जिल्ला शाखामा अहिलेसम्म कायम रहेका १९३ जनामध्ये १२० जनालाई शुद्धिकरण मापदण्डले च्यापेपछि अब कपिलवस्तुमा जम्मा ७३ जना मात्र महासंघका सदस्य कायम भएका छन् । पत्रकारिता पेशा लिए पनि बिभिन्न राजनैतिक नियुक्ति लिएका, सरकारी वेतन खाएका, पार्टीका बिभिन्न पदमा सक्रिय रहेका लगायतका ब्यक्ति शुद्धिकरणमा परेका जिल्ला अध्यक्ष किरणमान बर्जाचार्यले बताए ।

यसरी शुद्धिकरणमा पर्नेहरु महासंघकै वर्तमान जिल्ला उपाध्यक्ष हरि अधिकारी, उपाध्यक्ष श्वेता गिरी, प्रेस युनियनका जिल्ला सभापति तथा वरिष्ठ पत्रकार गोपाल भण्डारी, पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा, कार्यसमिति सदस्य मणी गैरे, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अर्जुन बेलबासे, सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक थानेश्वर अधिकारी, वाणगंगा एफएमका स्टेसन म्यानेजर गणेश पोख्रेल, पत्रकार दीपक खड्का लगायत पनि शुद्धिकरणमा परेका छन् । सक्रिय पत्रकारितामा रहे पनि राजनैतिक नियुक्ति तथा पद लिएको, सरकारी जागिर खाएको हुनाले सदस्यता खारेज भएको बताइएको छ ।
अन्यको हकमा महासंघका सदस्य रहे पनि बिभिन्न एनजिओ, आइएनजिओ लगायतमा सक्रिय रहेका तथा मापदण्डभित्र नपरेकाले सदस्यता नविकरण नगरिएको बताइएको छ ।

पूर्व अध्यक्षहरु, पत्रकार संगठनका प्रमुखहरु बसेर शुद्धिकरण गरिएको जिल्ला अध्यक्ष बज्राचार्यले बताए । शुद्धिकरणको विषयमा केहि ब्यक्तिका हकमा विवाद भएको थियो । विवाद भए पनि अन्तिममा सबै मिलेर सहमति गरिएको महासंघका पूर्व अधयक्ष वसन्त गिरीले बताए ।

यस्तो छ नविकरण भएका पत्रकारको नामावली

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले पनि नविकरण भएका प्रदेशभरका पत्रकारको नाम सार्वजनिक गर्दै समस्या, गुनासो या उजुरी रहेको खण्डमा असार १४ गतेसम्म जानकारी गराउन समय दिएको छ । महासंघले सार्वजनिक गरेको विवरण अनुसार लुम्बिनी प्रदेशमा अब ९४० जना पत्रकारको मात्र सदस्यता नविकरण भएको छ । जसमा कपिलवस्तुका ७३ सहित रुपन्देहीका २३०, नवलपरासी ३८, पाल्पाका ७१, गुल्मीका २७, अर्घाखाँचीका ५९, दाङका ८५, प्युठानका ८१, रोल्पाका ३५, रुकुमका १९, बाँकेका १७३ र बर्दियाका ४९ पत्रकारको सदस्यता नविकरण भएको छ ।

पार्टीका संगठनको नाममा आफूनिकटस्थलाई पत्रकार महासंघको सदस्य बनाउने चुनावमा प्रयोग गर्ने परिपाटीले जिल्लाजिल्लामा आवश्यकताभन्दा बढी पत्रकारको संख्या थियो । यस्तो परिपाटीले देशभर गाँजा गाडेपछि महासंघले केन्द्रबाटै शुद्धिकरण अभियान चलाइएको महासंघका महासचिव रोशन पुरीले बताए ।

पत्रकाहरु राज्यको चौथो अंग भएकाले जिम्मेवार र विश्वासिलो हुनुपर्ने भन्दै शुद्धिकरण गर्नु परेको महासंघका अध्यक्ष विपुल पोख्रेलको भनाई छ ।